पोखरा/
पोखरा महानगरपालिका ६ हल्लनचोकमा शनिबार देखि हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताको सम्पूण तयारी पुरा भएको छ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा हुने सो प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिता भदौ १ देखि ३ गतेसम्म हल्लनचोकको भलिबल कोर्टमा सञ्चालन हुनेछ ।
थापाले प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा अहिलेसम्म २५ भन्दा बढी टिमको दर्ता भइसकेको छ । भने, खेल शनिबार बिहान ८ बजेदेखि सरु हुने आयोजकले जनाएको छ ।