सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कंदै

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छन् ।

सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कात्तिक १७ गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका थिए ।

गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.