Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
- राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
आयातित महका कारण चितवनका मौरीपालक किसान मारमा
चितवन,
सरकारले आयातित महलाई बजारमा प्रमुख स्थान दिँदा स्वदेशी मौरीपालक किसान असन्तुष्ट भएका छन् ।
मह उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्ने सरकारको निर्णय किसानको हितमा नरहेको किसानको गुनासो छ । साथै चरन क्षेत्रमा हुने विभिन्न अवरोधका कारण पनि मौरीपालक किसान थप मर्कामा छन् । सरकारले सहयोग नगरे विदेशी बहुराष्ट्रिय कम्पनी र ठूला व्यवसायी–बिचौलियाले मौरीपालक किसानलाई विस्थापित गर्ने उनीहरुको भनाइ छ ।
नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष पदमप्रसाद अमगाईंले गर्नुभयो । उहाँले भन्नुभयो, “यो समयमा किसानको मह बिक्री नभए वर्षभरिको लगानी र परिश्रम खेर जान्छ ।”
उहाँका अनुसार चरन अवधिमा फुलमा विषादी छर्किँदा मौरी मर्ने, वन कार्यालयले हरेक घारका लागि रु ३०० लिने, बाटोमा अवरोध हुने र बीमा दाबीसमेत गर्न कठिन हुने गरेको छ । चरन क्षेत्र दाङ र कपिलवस्तु हुँदै चितवनसम्म फैलिएको छ । उनले किसानबीचमा पनि अस्वस्थ प्रतिस्पर्धाका कारण चरन क्षेत्रमा असमानता र झन्झट भएको बताए ।
भरतपुरका मौरीपालक किसान विष्णुप्रसाद भुसालले बाहिरी जिल्लामा मौरी चराउन लैजाँदा वन कार्यालयलाई शुल्क तिर्नुपर्ने हुँदा राज्यले यसमा सहुलियत दिनुपर्ने माग गरे ।
नेपाल मौरीपालक महासङ्घकी पूर्वउपाध्यक्ष गीता देवकोटाकाअनुसार अहिले मह बिक्री र चरन दुबै क्षेत्रमा समस्या छ । आयात खुला हुँदा किसान निरुत्साहित भएका छन् । उनले भने, “यो सिजनमा एउटै किसानले ४–५ टनसम्म मह उत्पादन गर्छ । त्यसैले स्वदेशी महलाई प्राथमिकता दिई किसानलाई प्रोत्साहन गर्नुपर्छ ।”
विसं २०५१ सालदेखि व्यवसायिक मौरीपालन सुरु भएको नेपालमा अहिले मेलिफेरा जातका करिब एक लाख ३० हजार र सेरेना जातका करिब एक लाख ७० हजार घार छन् । मेलिफेराबाट वार्षिक करिब चार हजार मेट्रिकटन र सेरेनाबाट एक हजार मेट्रिकटन मह उत्पादन हुने अनुमान छ । हाल मेलिफेरा मौरीपालनमा करिब १२ हजार किसान र सेरेना मौरीपालनमा हजारौँ किसान संलग्न छन् ।