सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।

‘समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो’ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले अनलाइखबरलाई जानकारी दिए।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.