Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित
काठमाडौँ,
राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए ।
सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।
Next Post