
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
- Korean Artist Ku Hyun Kim Donates 5,000 kg Rice to Flood Victims
- दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
- सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
- विपत्को छाँया र महँगीको मारमा दसैँ: सादगी, आत्मीयता र साझा उत्तरदायित्व
- कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई
- आज असोज ३१ गते शनिबारको राशिफल हेर्नुहोस
- नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
- बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
- नवरात्रि : चेतनाको शुद्धीकरण र दिव्यत्वतर्फको महायात्रा
आज राष्ट्रियसभाको बैठक बस्दै, जवाफ दिने कार्यसुची
काठमाडौँ,
राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुनेछ ।
त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी संसद् सचिवालयले जनाएको छ ।