Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्की–२ को क्षेत्रीय सभापतिमा सुवास सिग्देलको उम्मेदवारी, सङ्गठन सुदृढीकरण र युवा सशक्तीकरणमा जोड
- भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा, भोलिदेखि गण्डकी–११ सँग अभ्यास खेल
- २६ वर्षीय आशिष सुबेदी कास्की १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मैदानमा
- ‘हिन्दू राष्ट्र’को एजेन्डासहित कांग्रेस महाधिवेशनमा गोकर्ण कार्की
- कास्की २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी सौगात थापाको उम्मेदवारी
- ‘सभापति पद होइन, जिम्मेवारी हो’ भन्दै सरोज केसी कास्की १ को मैदानमा
- ‘मिस्टर ग्लोबल २०२६’मा भाग लिन थाइल्यान्ड उडे गिरिशरत्न
- विपना थापा र वर्षा राउतको अभिनय रहने ‘बाकस’बाट बिक्रम बुढाथोकीले डेब्यु गर्दै
- ‘सोफा स्टोर’को ब्रान्ड एम्बेसडर बन्दै कुलब्वायले भने, “हानिकारक उत्पादनलाई प्रवर्द्धन गर्दिन”
- पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट
रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन
लमजुङ,
रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिका–९ राइनासकोटका ३६ वर्षीय राजन थापा माथिल्लो हाइड्रोपावरको टिमुरे बेसक्याम्पमा काम गर्ने क्रममा सम्पर्कविहीन हुनुभएको हो । यस्तै मस्र्याङ्दी गाउँपालिका–९ ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी टिमुरेस्थित सशस्त्र प्रहरी बलको बेसक्याम्प ९बिओपी० मा कार्यरत रहँदा सम्पर्कविहीन हुनुभएको छ ।
यसैगरी दोर्दी गाउँपालिका–६ पैरेखोलाका ३५ वर्षीय रामकुमार तामाङ रसुवामा मजदुरी गर्ने क्रममा सम्पर्कविहीन हुनुभएको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ खोपडीका ३४ वर्षीया रमिला भण्डारी रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा सब–इञ्जिनियरका रूपमा कार्यरत रहँदा सम्पर्कविहीन हुनुभएको छ ।
यस्तै बेँसीशहर नगरपालिका–११ कोलडाँडाका ४३ वर्षीया राधिका घर्ती र सोही वडाका ४५ वर्षीय झपटबहादुर घर्ती रसुवास्थित जलविद्युत् आयोजनामा खाना पकाउने काम गर्दै आउनुभएकामा बाढीपछि सम्पर्कविहीन हुनुभएको छ । बेँसीसहर नगरपालिका–११ चितीका २९ वर्षीय कुमार परियार रसुवाको एक होटलमा काम गर्दै आउनुभएकामा बाढीपछि सम्पर्कविहीन हुनुभएको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो ।
बेँसीसहर नगरपालिका–१ चितीका ३५ वर्षीय सुगम सिलवाल ट्रेकिङका लागि रसुवा पुग्नुभएको अवस्थामा बाढीमा परी सम्पर्कविहीन हुनुभएको छ । राइनास नगरपालिका–६ की २६ वर्षीया अनुष्का पाण्डे चिलुवाल र उहाँका दुई वर्षीय छोरा आयुष चिलुवाल पनि रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएको प्रहरीले जनाएको छ । रसुवामा आएको बाढीपछि लमजुङबाट काम तथा अन्य प्रयोजनका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो ।
Prev Post