काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिए।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए। प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।