सुचना, समाचार र मनोरन्जन

रास्वपा सांसद ‘निलो रिबन’ लगाएर संसदमा

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन्।

रास्वपाको पार्टीको रङ पनि निलो नै हो । र, रास्वपाले निलो क्रान्तिको वकालत गर्दै आएको छ ।

आजको ‘निलो रिबन’को प्रतीकलाई रास्वपाले मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको रुपमा व्याख्या गरेको छ । ‘मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउँछ’, रास्वपाका सांसद मनिष झाले भने ।

रास्वपाले विरोध जनाए पनि आइतबार र सोमबार सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका थिए । आज पनि संसद नियमित जस्तै अघि बढाउने तयारी गरिएको छ ।

सभामुख आज पनि छलफलमै भएकोले १ बजेका लागि तय भएको संसद बैठक भने अझै सुरु भएको छैन ।

Leave A Reply

Your email address will not be published.