Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ
- सरकारप्रति महानायक राजेश हमालको कटाक्ष: ‘नेतृत्वमा परिपक्वता र दूरदृष्टि नहुँदा राष्ट्र संकटमा पर्न सक्छ’
- चलचित्र पत्रकारिताको स्तर सुधार्न पत्रकार संघको नयाँ जमर्को: फिचर लेखन प्रतियोगिताको पुरस्कार राशि २० हजारसम्म
- डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक
- छाया सेन्टरमा चिनियाँ चलचित्र महोत्सव :६ उत्कृष्ट फिल्म हेर्न ओइरिए १४ सय दर्शक
- कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
- स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
- रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
- कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
- ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो
रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
ललितपुर,
नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा ९रातो हाब्रे० संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चोरी सिकारी तथा जङ्गली कुकुरको आक्रमणका कारण सङ्कटमा परेको रेडपाण्डा संरक्षणका लागि अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रका स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ ।
कोषका अनुसार विश्वका विभिन्न देशमा पाण्डाका विभिन्न प्रजाति पाइए पनि नेपालमा भने रेडपाण्डा ९रातो हाब्रे० मात्र पाइन्छ । नेपालमा करिब ४०० देखि ६०० को सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिए पनि पछिल्लो समय यसको सङ्ख्या घट्दै गएको जनाइएको छ ।
रेडपाण्डा विशेषगरी निगालो घारीमा बस्ने र टुसा खाने गर्दछ । जङ्गली कुकुरको आक्रमण तथा यसको छाला बिक्री हुने भन्ने भ्रमका कारण पनि चोरी सिकारीको जोखिम बढ्ने गरेको पाइएको छ ।
Next Post