सुचना, समाचार र मनोरन्जन
Pdms

‘रिमै’को टिजर सार्वजनिक, दर्शकको मिश्रित प्रतिक्रिया – कथामा ‘कबड्डी’को झलक

काठमाडौँ :

नेपाली फिल्म ‘रिमै’ को टिजर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक र आलोचनात्मक दुबै प्रतिक्रिया आइरहेका छन्। दयाहाङ राई र रिश्मा गुरुङको अभिनय रहेको यो फिल्मले गुरुङ समुदायको संस्कृति, सम्बन्ध, र समाजको मनोविज्ञान चित्रण गर्ने दाबी गरिएको छ।

उपेन्द्र सुब्बाको लेखनमा आधारित फिल्मको टिजरमा प्रमुख कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ लगायत देखिएका छन्। टिजरमा कथाको विस्तृत खुलासा गरिएको छैन, तर गाउँ फर्किएको लाहुरे र सम्बन्धको जटिलता प्रस्तुत गरिएको देखिन्छ।

फिल्मको टिजरले युट्युबमा धेरै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। युट्युब प्रयोगकर्ता गौतम राना मगर लेख्छन्, ूकबड्डी फिल्ममा बिहे हुन नसकेको यो जोडीको अन्ततः यो फिल्ममा बिहे भाको हेर्न पाइने भयो। कबड्डीकै झलक देखियो, तर म हेर्न उत्साहित छु। शुभकामना टिमलाई१ू

तर सबै प्रतिक्रिया सकारात्मक मात्रै छैनन्। कमेन्टकर्ता सरोज टुनेज को टिप्पणी यस्तो छस् “उही पुरानै टिम, उस्तैजस्तै कथा। दयाहाङ राईको अभिनय सीमित लाग्यो, फरक शैलीमा अभिनय गर्न डराएका जस्तो देखिन्छ। यति नै हो भने टेलिभिजन सिरियल बनाएर एपिसोडमा प्रतिस्पर्धा गर्नु उपयुक्त होला।”

निर्देशक खिलबहादुर गुरुङ निर्देशित फिल्म माथिल्लो गोरखामा छायांकन गरिएको हो। ‘कबड्डी’ सिरिजबाट चर्चित बनेको दयाहाङ–रिश्माको जोडी यस फिल्ममा पनि पुनः देखिएको छ। गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको ‘रिमै’ आगामी भदौ २० गते प्रदर्शनमा आउँदैछ। फिल्मले नेपाली समाजको मौलिक कथा र ग्रामीण सौन्दर्य झल्काउने भन्दै निर्माण टिम आशावादी देखिएको छ।

Leave A Reply

Your email address will not be published.