काठमाडौं :
केहि दिनअघि सामाजिक सञ्जालमा अभिनेत्री पूजा शर्मा र रेखा थापाबीच जुहारी चल्यो। एकअर्कालाई घोपेज गर्दै सामाजिक सञ्जालमा एकअर्काबीच ‘२३ को आँकडा’ भएको लेखे।
सुरुमा पूजा शर्माले मेरो र रेखाबीच अब ३६ को आँकडा’भयो भन्ने भावका शब्द लेखेकी थिइन। जहाँ उनले रेखालाइृ ट्याट गरिन। त्यसको जवाफमा रेखाले ‘३६ को आँकडा’भए पनि केहि छैन भन्ने लेखेकी थिइन्। उनीहरुको फेसबुक वारले उनीहरुका फ्यान भड्किए। दुवैका फ्यानहरुले एक अर्कालाई गाली गरे।
अन्तत उनीहरुबीच मिलन भएको देखिन्छ। आइतबार रेखाले कमलादीमा रहेको आफ्नो क्याफे ‘फिली’मा छोरी बैभवीराज्य लक्ष्मी शाही ठकुरीको जन्म दिन मनाईन्। सोही समारोहमा पूजा शर्मा पनि पुगेकी थिइन्। जुन कुरा उनीहरुका निकट पत्रकारहरुले सामाजिक सञ्जालमा राखेको फोटो भिडियोमा देखिन्छ। रेखा आफैले पनि त्यो माहोलको भिडियो बनाएर फेसबुकको स्टोरीमा राखेकी छन्। जहाँ पूजा बर्डेमा उपस्थित हुँदै गरेको देखिन्छ।
यो माहोलले आगामी चैत २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘३६ को आँकडा’को प्रचार गरेका त होइनन्?कि उनीहरुबीच साँच्चिकै त्यस्तै थियो र उनीहरुबीचको दुरी घटाउने काम निकट पत्रकारहरुले गरे। जे जसो गरेता पनि पूजा र रेखा मिले। झगडा गरेर यो सानो फिल्म इन्ड्रष्टीमा कसलाई के फाइदा र होइन त? कि कसो हो पूजा र रेखाजी।