सुचना, समाचार र मनोरन्जन

नाटकमा अभिनय गर्दै रेखा थापा,उनले निवार्ह गर्दैछिन् ‘मिरा’भुमिका

काठमाडौं :

फिल्म ‘हिरो’बाट अभिनेत्रीमा डेब्यु गरेकी अभिनेत्री रेखा थापाले अब नाटकमा पनि अभिनय गर्ने भएकी छन्। उनले आगामी जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक ‘मिरा’मा अभिनय गर्न लागेकी हुन्। उनले परिचयसँगको कुराकानीमा आफुले नाटकमा काम गर्न लागेको जानकारी दिइन्। आफुलाई फिल्ममा मात्र नभएर नाटकमा पनि अभिनय गर्न उत्सुकता लागेको र नाटकको कथा मन परेका कारण अभिनय गर्न लागेको बताईन्।

यस नाटकलाई पोखराकै दीपक सिंजालीले लेखेको उपन्यास ‘मीरा’मा आधारित छ। निर्माण पक्षले उपन्यासकार लेखकसँग समेत भेटेर नाटकका लागि अनुमति दिएको कान्तिपुर एकेडेमीले जानकारी दिएको छ। यदिबेला यो नाटकको अभ्यासमा अभिनेत्री थापा लागेकी छन्। उनले यो नाटकमा बगाले थापाकै मिरा पात्रको भुमिकामा अभिनय गर्दैछिन्।

नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको यस उपन्यासलाई नाट्य रुपान्तरण यसैका निर्देशन सुन्दर धितालले गर्दैछन्। यस नाटकमा अभिनेत्री रेखा बाहेक अरु को को रहनेछन् भन्ने बारेमा निर्देशक धितालले जानकारी दिएका छैन्। यसअघि अभिनेता राजेश हमाल लगायतले पनि नाटकमा अभिनय गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.