सुचना, समाचार र मनोरन्जन

रेखा,बेनिशा र पूजा अभिनित ‘उपहार’को ‘वाह वाह वाह’ रिलिज

काठमाडौं :

अभिनेत्री तथा निर्मात्री रेखा थापा अभिनित फिल्म ‘उपहार’को नयाँ गीत रिलिज भएको छ। शुक्रबार काठमाडौंको सिटी सेन्सरमा पत्रकार सम्मेलनको आयोजना गीतको भिडियो रिलिज गरिएको हो।

निर्माण टिमले शुक्रबार एक गीत रिलिज गर्दै महाशिवरात्रीलाई फिल्मको प्रदर्शन मिति घोषणा समेत गरिएको छ । डान्सिङ तथा रोमान्टिक फ्लेवरको ‘वाह वाह वाह’ गीतमा फिल्मका तीन मुख्य जोडीलाई फिचर्ड गरिएको छ। रेखा थापा र मुकुन भुषालले पानीमा नृत्य पस्किएका छन् भने पूजा शर्मा र समर्पण जंग कार्कीको केमेस्ट्री आकर्षक देखिएको छ भने बेनिशा हमाल र तेज गिरीको नृत्य गरेका छन्।

Chaka Panja

गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर रहेको छ भने शंकर अधिकारी (घायल)को शब्द रचना समावेश छ। गीतमा गायक गिरी स्वयंको संगीत छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। सफल निर्देशकका रुपमा स्थापित रहेका ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म हो। यस फिल्ममा रेखा,मुकुन,बेनिशा,तेज र पूजाका अलवामा शिशिर राणा, सुष्मा कार्की, अन्शु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा रेखाका श्रीमान् बलराम शाही ठकुरी रहेका छन् । यस फिल्ममा निर्देशक देउजाका छोरा सुलभ प्रतिक र छोरी समीक्षा देउजा निर्माताका रुपमा रहेका छन् । फिल्मका अन्य तीन गीतमा अर्जुन पोखरेलको संगीत छ ।

विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

Leave A Reply

Your email address will not be published.