काठमाडौँ,
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि (६ गते) राजीनामा दिने भएकी छिन् । उनले भोलि बस्ने कार्यपालिकामा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिइने उनको सचिवालयले जनाएको छ ।
उनले महानगर छोड्नुअघि आज पत्रकार सम्मेलन गरेकी थिइन् । पहिलो पटक २०७४ मा नेकपा एमालेको उम्मेदवार देवी ज्ञवालीसँग जित हात पार्दा विवाद भए पनि उनले दोस्रो पटक सहज ढङ्गले मेयर पदमा जितेकी थिइन् ।