सुचना, समाचार र मनोरन्जन

लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

 

म्याग्दी : लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।

 

धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

 

लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोडका बजेट विनियोजन गरेकामा तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

 

आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो ।

Leave A Reply

Your email address will not be published.