सुचना, समाचार र मनोरन्जन

कुन रुटमा कति पुग्यो भाडा?

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो।

वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले नेपालखबरलाई जानकारी दिए।

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए।

विभागका अनुसार यात्रुवाहक तर्फ १६।७१ प्रतिशत भाडा बढेको छ।

सवारीको विशेषताको आधारमा भाडा दर फरक हुन्छ। साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारको सवारी साधनको भाडा दर छुट्टा छुट्टै हुन्छ। काठमाडौं–इलामको भाडा दर ३४३ रुपैयाँले बढेको छ।

झण्डै २२ प्रतिशतसम्मले बढ्यो सार्वजनिक यातायातको भाडा
भाडा समायोजन हुनु अघि काठमाडौं–इलामको साधारण तर्फ भाडा दर २ हजार ५२ रुपैयाँ थियो। नयाँ सूची अनुसार साधारण भाडा दर २ हजार ३९५ रुपैयाँ, डिलक्स २ हजार ८७३ रुपैयाँ र सुपर डिलक्स ३ हजार ४४८ रुपैयाँ कायम भएको छ।

यस्तै काठमाडौं–अत्तरिया–सिलगढी साधारण तर्फ २ हजार ९७५ रुपैयाँ, डिलक्स ३ हजार ५७० रुपैयाँ र सुपर डिलक्स ४ हजार २८४ रुपैयाँ कायम भएको छ।

काठमाडौं– कलैया साधारण तर्फ १ हजार १ रुपैयाँ, डिलक्स १ हजार २०१ रुपैयाँ र सुपर डिलक्स १ हजार ४४१ रुपैयाँ कायम भएको छ।

Leave A Reply

Your email address will not be published.