सुचना, समाचार र मनोरन्जन

रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३https://parichaya.com/wp-admin/post-new.php२९२ को १८ औं डिष्ट्रिक कन्फरेन्सको तयारी अन्तिम चरणमा

पोखरा,
रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्सको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, शनिबार र आइतबार तीन दिन पोखरा ईभेन्ट सेन्टरमा आयोजना हुन लागेको कन्भेसनको तयारी अन्तिम चरणमा पुगेको बिहिबार आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्र सहित समाजमा सामाजिक तथा विभिन्न पेशा व्यवसायमा उत्कृष्ठ कार्य गर्ने व्यक्तिलाई भोकेशनल अवार्ड बाट सम्मान गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन रोटरीका विभिन्न कमिटि मार्फत सञ्चालन भएका कार्यक्रमहरुको बारेमा छुट्टाछुट्टै समुहमा छलफल गरिनेछ । त्यस्तै अन्तिम दिन रोटा क्वीज तथा २०२८–२९ को लागि डिष्ट्रिक्ट गर्भनरको निर्वाचन कार्यक्रम तय भएको छ । सम्मेलनमा भाग लिन डिष्ट्रिक्टका पुर्व गर्भनर लगायतका पदाधिकारीहरु पोखरा आइसकेका छन ।

नयाँ वर्षको सुरुवातसंगै पर्यटकीय नगरी पोखरामा हुन लागेको यो कार्यक्रमले पोखराको आन्तरिक तथा बाह्य पर्यटन पर्वद्धनमा सहयोगी सिद्ध हुने आयोजकको विश्वास छ । जसको लागि यहाँका होटल,रेष्टुरेण्ट, ट्रावल एजेन्सी लगायत पर्यटन व्यवसायीसंग आवस्यक समन्वय गरेको कन्फरेन्स चेयर पर्शन लक्ष्मी थापा गिरीले बताएकी छिन ।

विश्वभर झण्डै २०० देशहरुमा सञ्जाल रहेको रोटरीमा १२ लाख भन्दा बढी सदस्यहरु रहेका छन । यस संस्थाले विश्वभर पोलियो उन्मुलनमा सन १९८५ देखि काम गर्दै आएको छ । विशेष गरी शिक्षा, स्वास्थ, खानेपानी, सरसफाई, बातावरण व्यवस्थापन, सामाजिक तथा आर्थिक विकासमा शक्रिय छ । नेपालमा पनि खानेपानी, अस्पतालमा उपकरण व्यवस्थापन, स्कुल, भवन, कम्प्यूटर ल्याव, एम्बुलेन्स लगायतका मानवीय सेवाका कार्यमा अग्रस्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.