सुचना, समाचार र मनोरन्जन

रोटरी क्लब अफ पोखरा न्यूरोडद्वारा आरबा बिजयी माविमा कम्प्युटर र स्टेशनरी सामग्री वितरण

पोखरा,

रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखरा महानगरपालिका–८ स्थित आरबा बिजयी माध्यमिक विद्यालयमा एक थान कम्प्युटरसहित ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र सो वडाका जनप्रतिनिधि रजनी परियारले रोटरी क्लब अफ पोखरा न्यूरोडप्रति धन्यवाद व्यक्त गर्दै सहयोगले विद्यालयको पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

क्लबका प्रेसिडेन्ट इलेक्ट राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले क्लबद्धारा शिक्षा र स्वास्थ्य लगायत ग्रामीण क्षेत्र का गृहिणीहरुको लागि वितरण गरेको विद्युतिय चुलो निकै प्रभावकारी रहेको बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुभाष सिङ्देल, अब्रहम खान, टुबराज बास्तोला र पुष्पकमल पौडेल लगायतले रोटरी क्लबले शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा गर्दै आएको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

क्लबका सदस्यहरू, विद्यालय परिवार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

क्लबका अध्यक्ष अमृत बास्तोलाले आगामी दिनमा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने जानकारी दिएका छन । क्लबको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको यस कार्यक्रमले क्लबका सदस्यहरुलाई हौसला प्रदान भएको बताएका छन ।

Leave A Reply

Your email address will not be published.