काठमाडौँ,
देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
नारायणगढमुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२ मा २०८२ असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल(चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुण र मकालु गाउँपालिका–३, एकुवामा पनि पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ।