काठमाडौँ,
नेपाल प्रहरीले देशका विभिन्न पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।
सङ्खुवासभामा अविरल वर्षाका कारण भाटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरो गएको कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
यता रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल भत्किँदा गल्छीदेखि मैलुङ रसुवा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ।
इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
रुकुम पूर्वीमा पहिरोका कारण भूमे गाउँपालिका–४ काँडाबगर स्थित मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
कालिगण्डकी करिडोर, नवलपरासी स्थित पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन् । यात्रा गर्नु पूर्व सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।