
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
पोखरा सडक महोत्सवको तयारी सुरु
पोखरा,
रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको कार्यसमिति बैठकले २७औं पोखरा सडक महोत्सवका लागि संयोजक मण्डल र स्टेरिङ कमिटी गठन गरेको छ ।
समितिको आज बसेको बैठकले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवको संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई मनोनित गरेको छ । त्यस्तै कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराईलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ ।
महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजङ्ग कार्की गरी छ सदस्यीय समिति गठन गरिएको छ ।

रेवान पोखराले विगत २६ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ सडक महोत्सव आयोजना गर्दै आएको छ । करिब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको लेकसाइड क्षेत्रमा आयोजना हुने यो महोत्सवले पोखरालाई अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य स्थलका रूपमा स्थापित गरेको छ ।
महोत्सवको उद्देश्य कला–संस्कृति प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार, व्यापार अभिवृद्धि, ब्रान्डिङ तथा लोपोन्मुख सामग्रीको संरक्षण र प्रदर्शनका लागि साझा मञ्च उपलब्ध गराउनु रहेको रेवानले जनाएको छ । संयोजक गौतमका अनुसार यस वर्षको महोत्सवलाई अझ आकर्षक र सहभागिता बढाउन विभिन्न सरोकारवालाको सुझाव र सल्लाह समेटिनेछ ।
“परिवर्तित समयका अपेक्षाअनुसार महोत्सवको स्वरूपलाई नवीकरण गर्दै पोखराको पर्यटन र स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्य राखिएको छ”, गौतमले भने । रेवानका अनुसार सडक महोत्सवले स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । निरन्तर २६ वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले अब नेपाली मात्र नभई विदेशी पर्यटकलाई पनि नयाँ वर्ष पोखरामै मनाउने आकर्षक वातावरण सिर्जना गर्न सफल भएको आयोजकको भनाइ छ ।
Prev Post