सुचना, समाचार र मनोरन्जन

ल्यान्डफिल भरिएपछि पोखराको फोहोर सडकमा

पोखरा,

केही दिनदेखि फोहोर उठ्न नसक्दा पोखराका सडकमा फोहोरका थुप्रा देखिन थालेका छन । पोखरा ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर व्यवस्थापनमा समस्या देखिएको हो ।

महानगरपालिकाले वडा नम्बर ३३ मा आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने भनेपनि स्थानीयले उक्त ठाउँमा ल्यान्डफिल बनाउन नहुने भनी बिरोध गर्दै आएका छन ।

महानगरका दैनिक करिब दुई सय टन फोहोर उत्पादन हुदैँ आएको छ । ल्याडफिल साइटको व्यवस्था नहुँदा सडक किनारमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिने खतरा छ ।

Leave A Reply

Your email address will not be published.