सुचना, समाचार र मनोरन्जन
Sarangi

साफ महिला च्याम्पियनसिपको फाइनल खेल परिचय एडभरटाइजिङको बिग स्क्रीनमा देखाइने

पोखरा/

साफ महिला च्याम्पियनसिप अन्तर्गत अहिले साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच हुने फाइनल खेल पोखरेलीले एकसाथ परिचय एडभरटाइजिङको बीग स्क्रीनमा हेर्न पाउने भएका छन् ।

पोखरा पृथ्वीचोक स्थित एलईडी बीग स्क्रीनमा लाइभ देखाइन लागेको हो ।

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो एलईडी बोर्ड परिचय एडभरटाइजिङको हो । यसका सञ्चालक शोभित बस्यालका अनुसार सडक छेउमा रहेर रमाइलो वातावरणमा सबै एकसाथ खेल हेर्न पाइनेछ । ट्राफिक व्यवस्थापन कास्की ट्राफिक प्रहरीले गरेको छ।

१२ औँ पटक फाइनलमा पुगेको नेपाल साविक विजेता बंगलादेशसँग उपाधिका लागि भिड्दैछ। यसअघि सेमिफाइलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल आजको खेल जित्ने दाउमा छ।

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्दैछन्। रंगशालामा टिकट लिनेको भिड बढेपछि काठमाडौँ महानगरपालिकाले पनि तीन ठाउँबाट लाइभ गर्दैछ।

खेल सुरु हुनुभन्दा करिब ३ घण्टा अघि नै दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

जसमा उनले ५० हजार दर्शक क्षमताको फुटबल स्टेडियम बनाउने घोषणा गर्ने बुझिएको छ। त्रिपुरेश्वरमा रहेको दशरथ स्टेडियमको कुल क्षमता नै १५ हजारको हो । जसमा हालै भएको भारतसँगको सेमिफाईनल गेममा १८ हजारभन्दा बढि दर्शक पुगेको बताइन्छ ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
परिचयले यसभन्दा अगाडी पनि बिश्व चर्चित बिश्वकप फुटबल लगायतका खेलहरु आफ्नो स्क्रीनबाट प्रस्तुत गर्दै आएको छ । बिग स्क्रीनमा खेल हेर्न पाउने भएपछी पोखरा बासी थप उत्साहित छन ।

Leave A Reply

Your email address will not be published.