सुचना, समाचार र मनोरन्जन

छ कठ्ठा जग्गामा सागसब्जी खेती, वार्षिक तीन लाख आम्दानी

कैलाली/

कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आएका छन् । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै उनले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिए ।

उनले भने, “छ कट्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।”उनले जैविक मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताए ।

सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उनले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिए । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.