सुचना, समाचार र मनोरन्जन

कथावाचक साइग्रेस पोखरेलको फिल्म डेब्यू ‘आ बाट आमा’मा : उनको जोडी को होला?

काठमाडौं :

कथावाचनमार्फत लोकप्रिय बनेका साइग्रेस पोखरेल अब पहिलो पटक ठूलो पर्दामा देखिँदैछन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ बाट उनले डेब्यू गर्न लागेका हुन्।

स्पेनको बार्सिलोनाबाट सोमबार नेपाल फर्किएका पोखरेलले मंगलबार चितवनमा फिल्मको छायांकन सुरु गरेका छन् । निर्माण पक्षले उनको भूमिकाबारे विवरण सार्वजनिक नगरे पनि उनी मुख्य पात्रमध्ये एक हुने जनाइएको छ। स्रोतका अनुसार उनको जोडीको रूपमा अभिनेत्री उषा उप्रेती देखिनेछिन् ।

फिल्ममा साइग्रेस र उषासहित पल शाह, विपना थापा, सिम्रन पन्त तथा बलिउड अभिनेता प्रदीप रावतको समेत अभिनय रहनेछ । पलका बुबाको भूमिकामा रहेका रावत १९ दिनदेखि चितवनमा छायांकन गरिरहेका छन्।

कृष्ण प्रसाद सुवेदी प्रस्तुतकर्ता रहेको फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवर निर्माता छन्। कार्यकारी निर्माता करण सिंह र सह–निर्माता छितिज ढुङ्गाना हुन्।

फिल्मलाई आगामी फागुन १५ गते प्रदर्शन गर्ने तयारी भए पनि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका कारण प्रदर्शन तालिका प्रभावित हुने देखिएको छ।

Leave A Reply

Your email address will not be published.