सुचना, समाचार र मनोरन्जन

‘सैयारा’ बनेको छ नेटफ्लिक्सको नम्बर–१ गैरअंग्रेजी फिल्म

काठमाडौं :

बलिउड फिल्म ‘सैयारा’ ले रिलिज भएको पाँच दिनमै नेटफ्लिक्सको विश्वव्यापी गैरअंग्रेजी फिल्मको सूचीमा पहिलो स्थान ओगटेको छ। मोहित सुरिको निर्देशनमा बनेको यस फिल्मले दर्शकमाझ छोटो समयमा नै अप्रत्याशित सफलता पाएको हो।

नेटफ्लिक्सको तथ्यांकअनुसार, फिल्मले हालसम्म करिब ३.७ मिलियन दृश्य (भ्यूज) र ९.३ मिलियन घण्टा हेराइ (वाच आवर) बटुलेको छ। यससँगै ‘सैयारा’ ले जर्मन थ्रिलर Fall For Me र हिन्दी फिल्म Inspector Zende लाई पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

फिल्ममा नयाँ पुस्ताका कलाकार आहान पाण्डे र अनीत पड्डा प्रमुख भूमिकामा छन्। रिलिजअघि चर्चामा कम देखिएको यो फिल्मले डिजिटल प्लेटफर्ममा भने बलियो पकड जमाएको छ।

यसअघि नेटफ्लिक्सको गैरअंग्रेजी फिल्मको सूचीमा नर्वेको Troll, फ्रान्सको Under Paris र स्पेनको Society of the Snow जस्ता फिल्महरु शीर्ष स्थानमा रहेका थिए। अहिले भने भारतीय फिल्म ‘सैयारा’ ले वैश्विक बजारमा आफ्नो उपस्थिति देखाएको छ।

Leave A Reply

Your email address will not be published.