सुचना, समाचार र मनोरन्जन

दशैंमा काठमाडौं–नारायणगढ साझा बस चल्ने, भाडा ३०० मात्र

साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।

काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितले जानकारी दिए । यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो ।

साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशस् ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् ।

यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ ।

यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ ।

साझा यातायातका यात्रुहरुलाई अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्न भनिएको छ । अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुनेछ ।

यात्रुहरुले टिकट लिएरनलिएको वा बसवालाले टिकट दिएरनदिएकोबारे ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था मिलाइएको साझा यातायातले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.