सुचना, समाचार र मनोरन्जन

समता काव्य सन्ध्याको ३७६ औं शृङ्खला पोखरामा सम्पन्न

पोखरा/

पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३७६ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।

कविताको अघोषित पाठशालाका रूपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिव अग्रज साहित्यकार सरुभक्तले कविता लेखनमा लगातारको मेहनत, ध्यान र अध्ययनको आवश्यकता हुने बताए । जलवायु परिवर्तनको असरले कुमारी माछापुच्छ«े हिमालमा हिउँ नपरेपछि कवि हृदयले कालो देखिए पनि सेतो देखिए पनि माछापुच्छ«े राम्रो देखेका छन् ।

परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै यसको प्रभाव मूल्याङ्कन र शोध गर्न आवश्यक भएको बताए ।

संस्थाका साहित्य संयोजक कवि केशु शर्माको स्वागतमा सुरु भएको कार्यक्रममा कविहरू ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, दीपक समीप, रुपीन्द्र प्रभावी, बिष्णु अल्पविराम, शिव त्रिपाठी, अमृत क्षेत्री, त्रुपक, देवेन्द्र के.सी., शिव सङ्कल्प, माधव खतिवडा, प्रदिप खनाल, एकदत्त लम्साल, गीता तिवारी, शोभा लामिछाने, सङ्गीता बराल बिसी, जमुना कायस्थ, सङ्गीता गौतम, ढाकामोहन बराल लगायतले आफ्ना रचना वाचन गरेका थिए । संस्थाका नव निर्वाचित अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव एम.डि. काफ्लेले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.