सुचना, समाचार र मनोरन्जन
Sarangi

दसैंको मुखमै समिक्षाले ल्याइन् ‘बगरमा घर’

कठमाडौं :

गायिका समीक्षा अधिकारको स्वर रहेको गीत ‘बगरमा घर’को म्युजिक भिडियो रिलिज गरिएको छ । गायक तेजस रेग्मी र गायिका अधिकारीको स्वरमा रहेको गीतलाई समिक्षाकै युट्युबाट रिलिज गरिएको हो।

गीतको भिडियोमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमले अभिनय गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ । अभिनेता भण्डारी यतिबेला अष्ट्रेलियामा छन्।

उनी केही समयअघि नेपाल आएको बेला यो म्युजिक भिडियोको छायांकन गरिएको थियो । सार्वजनिक गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ । काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, दिपक बिष्टको कलर तथा सम्पादन, बिमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ ।

Leave A Reply

Your email address will not be published.