सुचना, समाचार र मनोरन्जन
Sarangi

पूजा शर्मा लक्षित समिक्षाको स्टाटस : उहाँहरूको गीत चलोस्,फिल्म चलोस्,रुँदै हिँड्न नपरोस्

काठमाडौँ :

बेला बेलामा गायिका समीक्षा अधिकारीले लेखेको सामाजिक सञ्जालका स्टाटसले चर्चा पाउने गरेको छ। केहि महिना अघि अभिनेत्री पूजा शर्मालाई बहुरुपीका रुपमा चित्रण गरेकी उनले यसपटक गीत चलोस्,फिल्म चलास् तर रुँदै हिन्न नपरोस भन्दै सटायर हानेकी छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्झाउँदै लेखेकी छन,‘बाँचुन्जेली रिस–राग र डाह मनमा पालेर के नै हुन्छ र? असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति। म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस् । उहाँहरूको गीत चलोस्। फिल्म चलोस् । रुँदै हिँड्न नपरोस् ।’

उनले आफु पनि ठेस लागेर लडेको चेली भन्दै उनलाई पनि उठ्न आग्रह गरेकी छन्।

उनी लेख्छिन्,‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।’

समीक्षा पछिल्लो समयकी नम्मर वान गायिका हुन्। उनको व्यस्तताको कुरा गर्ने हो भने दिनकै तीन वटा गीतको रेकर्ड गर्छिन् भने मेलामहोत्सवमा उनकै सर्वोच्च छ। एनले पछिल्लो समयका समकालिन गायिका रचना रिमाल,एलिना चौहानलाई समेत उछिनेकी छन्। उनको पछिल्लो समय फिल्म‘बोक्सीको घर’ मा समावेश गीत ‘बुजिन मैले’ चर्चामा रहेको छ।

Leave A Reply

Your email address will not be published.