काठमाडौं :
बडा दशैं २०८१ सालको शुभ अवसरमा इभेन्ट बेटर ग्यालेक्सी प्रा.लि.ले काठमाडौंमा शुभकामना आदनप्रदानकासाथै व्यक्ति तथा सर्जकलाई सम्मान गरेको छ। दशैंको पहिलो दिन घटस्थापनाका दिन जमलस्थित राष्ट्रिय नाचघरमा सर्जकलाई सम्मान गरेको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा फिल्मका निर्माता रौनक विक्रम कँडेल सम्मानित भए। यस्तै संगीत क्षेत्रबाट संगीतकार दीपक शर्मा गायिका सरिता भारती, गायिका सञ्जु न्यौपाने र सञ्चार क्षेत्रबाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी पारश प्रकाश नेपाल, सोफिया महर्जन कार्कीलाई सम्मानित गरियो।
सामाजिक क्षेत्रबाट व्यवसायी तथा समाजसेवी नकुल गिरी, सुरेन्द्र गिरी,सौन्दर्य क्षेत्रबाट पूर्व मिस नेपाल युनिभर्स तथा उद्यमी मनिषा डंगोल श्रेष्ठ, नृत्य कलाकार लिजा श्रेष्ठ, कोरियोग्राफर, मोडल एवम् मेकअप आर्टिष्ट स्वस्तिका भण्डारीलाई सम्मानित भए। इता ज्योतिष क्षेत्रबाट ज्योतिष नजराज भट्ट (भट्ट गुरु) पनि कार्यक्रममा सम्मानित भएका थिए।
सम्मानितहरुलाई दशैंको टिका लगाएर शुभकामना दिँदै बोर्ड अध्यक्ष दिनेश डिसी, कलाकार संघका मोहन अध्यक्ष निरौला, रोज व्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजित, इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकार, गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री, सुमन पण्डितलगायतले कार्यक्रममा सम्मान प्रदान गरेका हुन्।