सुचना, समाचार र मनोरन्जन

क्रिकेटको क्रेजलाई कायम राख

सम्पादकीय /

नेपाली क्रिकेट टिमले विश्वमा नेपाललाई फेरि एकपटक चिनाएको छ । चीनको हाङचउस्थित चेचियाङ विश्वविद्यालयको खेल मैदानमा १९ औँ एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा विश्व कीर्तिमानको कीर्ति बनाएको छ । ट्वान्टी ट्वान्टीको खेलमा ३१४ रन, २६ छक्का प्रहार, ९ बलमा अर्धशतक र ३४ बलमा शतक बनाउँदा नेपाली क्रिकेटको सान चुलिएको छ । एकै दिनको एक खेलमा अनेक कीर्तिमान कायम हुनु चानचुने कुरा होइन । तर सकारले माल पाएर चाल पाएन । सुनको थालमा फलामका सिक्का भीख माग्ने सरकारले खेलाडीलाई दिनुपर्ने नगद पुरस्कार उधारोमा काम चलाएको छ । खेलाडीको काम खेल्ने हो नगद माग्ने होइन भन्ने मार्काका खेलकुद मन्त्री हुँदासम्म खेलाडीहरू भिखारीको दर्जामा रहने छन् र मन्त्री मालिक बन्ने छन् । जनस्तरको प्रशंसा विश्लेषण गर्दा क्रिकेटर चिन्ने दर्शकले मन्त्रीलाई चिन्दैनन् । मन्त्रीले न जनस्तरका प्रशंसक चिन्छन् नत क्रिकेटरलाई नै ।

यसघडी क्रिकेटले नेपाललाई विश्वजगतमा परिचित बनाएको छ र भावी दिनमा पनि नेपालको सान सगरमाथाको उचाई जस्तै अग्लो बनाउने महान सम्भावना छ । क्रिकेटका महाशक्ति राष्ट्र भारत र पाकिस्तानसँग नेपालले खेल्दा पाएको प्रशंसा कुनै राजनेताले पाउनेभन्दा कम छैन् । एसियाडमा नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराए पनि पदक पाउनु आकाशको फल सरह भएको छ । खेलकुदमा राज्यको लगानी पर्याप्त छैन्, तयारी र अभ्यास केवल काम चलाउ मार्काको छ । अन्तर्राष्ट्रिय खेलाडीको तुलनामा नेपाली खेलाडी कमजोर देखिनु स्वाभाविक नै हो । अधिकांश खेलको प्रतिस्पर्धामा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुको कारण यही हो । यस्तो अवस्थामा क्रिकेटले नेपालको राष्ट्रिय झण्डालाई फहराइदिएको छ ।

आइसीसी वल्र्डकप लिग २ का ३ वटा शृङ्खलामा जित निकालेको नेपाली टोलीलाई जनही ९ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसियाली कप क्रिकेटमा छनोट हुँदाको ६ लाख गरी कुल १७ लाख दिने घोषणाको वचनमा पक्का देखिन वाञ्छनीय छ । वाचा गरिसकेपछि पूरा नहुँदा केवल निराशा उत्पन्न हुन्छ । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिले तोकेको रकम युवा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराउनु पर्छ । भावी दिनमा खेलाडीले प्रोत्साहन भत्ता र पुरस्कार पाइएन भनेर गुनासो गर्नु खेलकुद मन्त्रालयको वदनामी वाहेक केही हुँदैन । हौसला उर्जाको स्रोत हो जसले आत्मविश्वास मात्रै होइन विश्वमा नेपालको नाम रोशन गर्नसक्छ ।

खेलाडी केटाकेटी होइनन् जसलाई ललीपप देखाएर फकाउन सकियोस् । खेलाडीलाई लोभ्याउने, उक्साउने तर पुरस्कार रकम नदिने परिपार्टीले सरकारी मानसिकता उदाङ्गो पारेको छ । निजी क्षेत्रले पनि क्रेकेट टोलीलाई दिनुपर्ने पुरस्कार दिएको छैन् यसमा क्यानले सचेत हस्तक्षेप गर्न आवश्यक छ ।

खेलाडीको मनोबल उच्च बनाउन सरकारले घोषणा गरेको पुरस्कार दिन चुक्नु हुँदैन् । प्रधानमन्त्रीले घोषणा गरेको रकम खेलाडीले पाउनुपर्छ यसमा विलम्ब गर्नु भनेको क्रिकेटलाई अन्याय गर्नु हो । मुलुकको प्रतिष्ठा र सानलाई उचो राख्ने खेलाडीको मनोबल गिराउनु किमार्थ जायज मानिदैन् । अविलम्ब खेलाडीले पाउनु पर्ने पुरस्कार र नगद दिँदा बोलीको कदर हुन्छ भने खेलाडीको सम्मान । खेलाडी केटाकेटी होइनन् जसलाई ललीपप देखाएर फकाउन सकियोस् । खेलाडीलाई लोभ्याउने, उक्साउने तर पुरस्कार रकम नदिने परिपार्टीले सरकारी मानसिकता उदाङ्गो पारेको छ । निजी क्षेत्रले पनि क्रेकेट टोलीलाई दिनुपर्ने पुरस्कार दिएको छैन् यसमा क्यानले सचेत हस्तक्षेप गर्न आवश्यक छ ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को सफलता हात पारिरहेको छ । विश्व कीर्तिमानले संसारभरि सनसनी मच्चाइरहेको छ। नेपाली क्रिकेटर बधाईका पात्र बनेका छन्, जनस्तरबाट पनि प्रशंसा पाएका छन् तर सरकारले हिरालाई चिन्न सकिरहेको छैन् । क्रिकेटको भौतिक पूर्वाधारका लागि यथोचित काम गर्न सकेको छैन् । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न ध्यान दिएको छैन् । घोषित बजेटलाई पनि परिचालन गर्न नसक्नु खेलकुदको विकास हुन नसक्नु हो । सरकार र क्यानले यथोचित वार्ता गरी योजनाको खाका प्रस्तुत गर्न ढिलो गर्नु हुँदैन। क्रिकेटको क्रेज मार्फत् विश्व कीर्तिमान राखेर नेपाललाई संसारभरि सनसनी समाचार बनाउने क्रिकेटर र समग्र टिमलाई स्यावासी, हार्दिक बधाई साथमा आगमी दिनमा खेलिने खेलको लागि सुखद शुभकामना ।

Leave A Reply

Your email address will not be published.