सुचना, समाचार र मनोरन्जन

साम्राज्ञी अभिनित फिल्म‘लण्डन टु पेरिस’को छायांकन बल्ल सकियो

काठमाडौं :

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को छायांकन पुरा भएको छ । कोरोना लगत्तै दोश्रो चरणको छायांकन सकिएको फिल्म केही प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो ।

निर्देशक लामिछानेका अनुसार यतिबेला मुम्बईमा फिल्मको धमाधम सम्पादनको काम भइरहेको छ । आफ्नो भागको छायाङ्कन पुरा गरेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘डेब्यू’ अभिनेता निश्चल खड्का नेपाल फर्किइसकेका छन् ।

‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु। कहिलेकाँहि सिनेमा ढिला हुँदा सिनेमा रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं। यसमा म खुशी छु’, लामिछानेले भने ।

फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने निर्माण पक्षले जनाएका छ । फिल्मको पहिलो चरणमा खिचिएका दृश्यको डबिङ र कलरको काम पुरा भइसकेको छ भने मिक्सिङ र भीएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिए पछि हुनेछ ।

गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भूमिकामा अभिनय रहेको फिल्म ‘ट्राभल लभस्टोरी’ जनरामा आधारित छ । फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको छ । गरिमा पनि यही फिल्मबाट ‘डेब्यू’ गर्दैछिन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको निर्मातामा अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह छन् ।

Leave A Reply

Your email address will not be published.