काठमाडौँ,
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सम्बोधन गर्ने बताएका छन्।
प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा कहिले सम्बोधन गर्ने हो भन्दै विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिए ।
त्यसपछि बुर्लाकोटीले भने, ‘मैले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर विपक्षी सांसदहरूले उठाएको विषय राखे । सम्भवतः उहाँ एक हप्ताभित्र आउने जानकारी गराउन चाहन्छु।’