काठमाडौं :
राजेश हमाल खेल्ने भनिएको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ। यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो।
निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण पक्षले र अभिनेत्री भट्टराईसँग लिखित संझौता भइसकेको समेत जानकारी दिएको छ । अभिनेत्री भट्टराईले पनि आफु यस फिल्ममा अनुबन्ध भएको जानकारी दिएकी छन्।
यस फिल्ममा उनको भूमिको बिषयमा भने केही पनि खुलाइएको छैन। यस अघि सनिशाले विराज भट्टको फिल्म ‘१२ गाउँ’मा अभिनय गरेकी थिइन्। उनको यो डेब्यु फिल्म हो। जुन आगामी दसैंको फूलपातीमा रिलिज हुँदैछ । उनी अभिनेता पल शाहसँग म्युजिक भिडियोमा नाचेपछि चर्चामा आएकी थिइन्।
यता अभिनेता हमाल यही फिल्मबाट ८ वर्षपछि फिल्ममा कमक्याक गर्दैछन्। उनले आठ वर्षअघि फिल्म ‘सकुन्तला’मा अभिनय गरेका थिए। यो फिल्म बक्स अफिसमा असफल बनेपछि फिल्ममा आउन चाहेका थिएनन्। लामो समयको अन्तरमा फिल्ममा फर्कन लागेका हुन्। उमेरले ६ दशक पार गरिसकेका हमालले यस फिल्ममा सनिशासँग जोडी बाँधिन लागेको हल्ला छ।
तर निर्माण पक्षले जानकारी दिएको छैन। यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ ।यस अघि यो फिल्ममा निती शाह पनि यसअघि नै अनुबन्धित भइसकेकी छन्। उनी अभिनित फिल्म ‘ज्वाइँ साब’दसैंको फूलपातीमा नै प्रदर्शनमा आउन लागेको छ। यो फिल्म उनको तेस्रो हुने छ। क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।