काठमाडौं :
निकै फिल्ममा अब्बल अभिनय प्रदर्शन गरेर दर्शकको मन जितेकी अभिनेत्री सुरक्षा पन्तले नेपाली फिल्म क्षेत्रमा देखावटी माया रहेको बताएकी छन्। बुधबार फिल्म ‘बुलाकी’को पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनेकी हुन्।
उनले भनिन्, ‘फिल्म क्षेत्रमा सपोर्ट नै छैन भनेर चाहिँ भन्दिनँ । पर्सनली माया गर्नुहुन्छ। भेट्दा राम्रो गर्नुभएको छ भन्नुहुन्छ । कहिले काहीँ त्यो देखावटी माया जस्तो पनि लाग्छ । किनकि, चाहिने बेला सपोर्ट गर्नु पो माया हो ।’
उनले निर्माणले पुन आफुले अभिनय गरेको फिल्म ‘बुलाकी’ प्रदर्शन गर्न आँट गरेको भन्दै प्रशंसाा गरिन्।
उनी भन्छिन्,‘निर्माताले ‘बुलाकी’लाई आँट गरेर फेरि प्रदर्शन गर्दैछन्, दुःखै होनि भन्ने हिसाबले माया गर्दिनुभएको भए हुन्थ्यो भन्ने लाग्छ । भेट्दा भने सबैले राम्रो गर्नुभएको छ भन्नुहुन्छ । सायद यस्तै होला फिल्म क्षेत्र ।’
उनले आफुले कसैलाई पनि भेदभाव तरिकाले नहेरको दाबी गरिन्। उनले थपिन्,‘ तर, म फेरि सबैलाई माया गर्छु।’
उनी कुनै फिल्ममेकरसँग काम गर्न लाज नमानेको स्वीकारछिन्। उनले आफुले चिने जानेको अधिकांश फिल्ममेकरलाई आफुले फिल्ममा काम गर्न चाहेको र भुमिका भएको खण्डमा सम्झिनु है भनेर फेसबुकमै म्यासेज छाड्ने गरेको बताउँछिन्।
‘मलाई सबै टिममा काम गर्न मन छ । मैले त राम्रो लागेको निर्देशकलाई म्यासेज गरेर तपाईंसँग काम गर्न इच्छा छ भन्ने गरेको छु । काम गर्न जुर्ला या नजुर्ला तर म्यासेज चाहिँ गर्छु,’ उनी भन्छिन्।