सुचना, समाचार र मनोरन्जन

वडा अध्यक्ष सन्तोष बास्तोलाको दूरदर्शिता र क्लब अध्यक्ष डम्बरजङको लगनशीलता

पोखरा,

पोखरा पर्यटकीय राजधानीको रूपमा मात्र नभई अब खेलकुद र सामाजिक रूपान्तरणको केन्द्र बन्दै गएको छ । यसको ज्वलन्त उदाहरण हो, पोखरा महानगरपालिका वडा नं. १२ मा रहेको लालीगुराँस एसोसिएसन नेपाल । वडा अध्यक्ष सन्तोष बास्तोलाको समर्पित नेतृत्व र क्लब अध्यक्ष डमरजङ गुरुङको अथक सक्रियताले यो संस्था अहिले पोखराकै लागि एउटा उदाहरणीय नमुना बनेको छ।

वडा अध्यक्ष बास्तोलाले आफू निर्वाचित भएपश्चात् युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने र समुदाय विकासमा उनीहरूको सहभागिता बढाउने दृढ संकल्प र वाचा लिएका थिए । यसका लागि उनले खेलकुदलाई एउटा सशक्त माध्यम बनाए । वडा कार्यालयले लालीगुराँस एसोसिएसनलाई निरन्तर सहयोग र प्रोत्साहन प्रदान गर्दै आएको छ, जसले गर्दा क्लबले खेलकुदका साथै सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गरेको छ ।

लालीगुराँस एसोसिएसनक अध्यक्ष डमरजङ गुरुङको कुशल नेतृत्वमा पछिल्ला वर्षहरूमा निरन्तर अघि बढेको छ । क्लबले आयोजना गर्ने विभिन्न खेलकुद गतिविधिहरूले युवाहरूलाई एकजुट गर्नुका साथै उनीहरूमा अनुशासन र समूहगत भावनाको विकास गरेको छ । यसैको परिणाम स्वरूप, हेटौंडास्थित गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा लालीगुराँस एसोसिएसन क्लबले मंगलबारको महत्वपूर्ण खेल जित्दै राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बनेको छ । यो विजय वडा अध्यक्ष वास्तोलाको दूरदृष्टि र क्लब गुरुङअध्यक्षको लगनशीलताको प्रतिफल मानिएको सामाजिक अभियन्ता तथा पूर्व वडा अध्यक्ष टीकाबहादुर कार्की सामाजिक अभियन्ता तथा समाजसेवी टीकाबहादुर कार्की
बताउँछन् ।

यो लिग मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ, यसमा देशभरका १० टोलीको सहभागिता रहेको छ । दुई समूहमा विभाजित यी टोलीहरूमध्ये प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा पुगेका टोलीहरूले आगामी पुस महिनामा हुने राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन्, जहाँ विजेता टोलीले उपाधिसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । लालीगुराँस एसोसिएसनको यो सफलताले वडा नं. १२ वासी मात्रै नभई समग्र पोखरालाई नै गौरवान्वित बनाएको छ ।

वडा अध्यक्ष बास्तोलाले आगामी दिनमा पनि युवा, खेलकुद र साँस्कृतिक क्षेत्रमा निरन्तर सहयोग गर्दै वडालाई अझ सक्रिय र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको यो प्रतिबद्धताले पोखराको सुन्दरतामा सिर्जनशील कामको एउटा नयाँ आयाम थपेको छ । लालीगुराँस एसोसिएसनको यो यात्राले देखाउँछ कि जब जनप्रतिनिधि र स्थानीय संस्थाहरूबीच सहकार्य हुन्छ, तब कुनै पनि समुदायले कति ठूलो सफलता हासिल गर्न सक्छ । पोखराको वडा नं. १२ र लालीगुराँस एसोसिएसनको यो कथा अन्य वडा र क्लबहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।

Leave A Reply

Your email address will not be published.