काठमाडौं :
घरमा सुपरहिट बन्ने बाटोतर्फ उन्मुख फिल्म ‘परान’ लाई विदेशबाट उच्च माग छ। दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको अन्तराष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले सुरक्षित गरेको छ।
वितरण कम्पनीका अनुसार, नीर शाह स्टारर सोसल ड्रामा शुक्रबारदेखि प्रमुख अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ। १४ नोभेम्बर, शुक्रबारदेखि यो फिल्म अमेरिका र क्यानडामा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ। अमेरिकामा ५० बक्सअफिस हलबाट रिलिज हुनेछ। यसपछि यो फिल्म क्यानडामा भने प्राइभेट शोज तय गरिएको जनाइएको छ।
२० नोभेम्बरदेखि मध्यपूर्वका मुलुकसहित बेलायतमा पनि रिलिज हुनेछ। यति नेपालमा फिल्मले राम्रो ब्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस अनुसार गत शनिबार राति ११ बजेर ५९ मिनेटसम्ममा ‘परान’ ले ३ करोड ७१ लाख रुपैयाँ नेरु ग्रस कलेक्सन गरेको छ।