सुचना, समाचार र मनोरन्जन

‘पूर्णबहादुरको सारंगी’मा विजयको चर्चा हुँदा,मुकुनदेखि सपुतसम्म छायाँमा

काठमाडौं :

‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको चौंथो साता प्रदर्शनमा आउदा यस फिल्मका मुख्य कलाकार मुकुन भुसाल,प्रकाश सपुतको भने चर्चा हुन सकेको छैन। फिल्ममा बुबाको भुमिका निवार्ह गरेका बिजय बरालको चर्चा हुँदा यसमा छोरो बनेका प्रकाश सपुत गुमनाम जस्तै छन्।

उनको कुनै चर्चा हुन सकेको छैन। यसमा अर्का पात्र मुकुन भुसाल र विनोद न्यौपानेको अवस्था पनि उस्तै छ। फिल्मकी अभिनेत्री अञ्जना बराईलीको केहि चर्चा भएको सुनिन्छ। तर जति चर्चा हुनुपर्ने हो विजय बरालको अगाडि उनको निकै छ।

दर्शकले फिल्म हेर्दा प्रकाश सपुतको बाल्यकालको भुमिका निवार्ह गरेका बालक संयम केसी समेत चर्चामा आउन सकेनन्। बलियो कलाकार,कसिलो प्रस्तुतीमा उनीहरु कहाँ चुके त? यसको प्रश्न खोज्ने जिम्मा दर्शकलाई।

नेपालमा अहिलेसम्मकै धेरै कमाई गर्ने फिल्म समेत बन्यो। निर्माण पक्षका अनुसार यो फिल्मले चार हप्तामा (१२ मङ्सिरसम्म) देशब्यापी ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ ग्रस कमाई गरेको छ। फिल्म वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २८ दिनसम्मको कलेक्सन सार्वजनिक गरेको हो।

चौंथो साताको आइतबारदेखि बुधबारसम्मको कमाइ २ करोड ३४ लाख रुपैयाँ ग्रस छ। विजय बराल स्टारर फिल्मले २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको थियो। यतिको कमाई गरेको यो फिल्मका कलाकार विजयका अगाडि छायाँमा परे। उनीहरुलाई न मिडियाले स्थान दिएको छ,न कुनै चर्चा नै।

विहिबारको हिसाब आउन बाँकी छ । पाँचौ सप्ताहन्त अर्थात शुक्रबार र शनिबारको कलेक्सन आइतबार सार्वजनिक गर्ने तयारी छ । प्रक्षेपण र ट्रेन्ड हेर्दा फिल्मले यस सप्ताहन्त पनि राम्रै कमाइ गर्ने अनुमान छ। यो फिल्मले पहिलो पटक नै विदेशमा २३ करोड ३५ लाखभन्दा बढि कमाई गरेको छ। ७ विदेशी बजारबाट बुधबारसम्म फिल्मले २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको हो।

गायकबाट नायक बनेको प्रकाश सपुतले यसअघि नारायण रायमाझीको फिल्म ‘परदेशी २’मा अभिनय गरेका थिए। त्यो फिल्मले खुबै चर्चा दिलाएको थियो। तर दोस्रो फिल्ममा भने उनको चर्चा हुन सकेन। उनी आफैले नै फिल्म निर्माणमा जुटेका छन्। उनको आफ्नै कता तथा लेखनमा फिल्म ‘बसन्त’को धमाधम आफ्नै गाउँतिर सुटिङ गरिरहेका छन्। हालै मात्रै उनले समिक्षा अधिकारीसँग फिल्म ‘बसन्त’को गीत रेकर्ड गराएका छन्। यो फिल्ममा उनले अभिनेत्री स्वस्तिमा खड्कालाई राखेका छन्। तर पनि उनको कुनै चर्चा हुन सकेको छैन।

यता विनोद न्यौपाने पछिल्लो समयका राम्रा कलाकार हुन्। उनलाई कामको खाँचो छैन। फिल्म ‘हेम्जाकोट’,‘बेहुली फ्रम मेघौली’लगायत दर्जनौ फिल्ममा काम गरिसकेका उनलाई यो फिल्मबाट पनि दर्शकले चिन्न सकेनन्। उनी यो फिल्मबाट नि छायाँमा परे। केहि दिन अघि उनले आफ्नो सामाजिक सञ्जालमार्फत यतिको फिल्म चल्दा पनि आफुलाई दर्शकले नचिन्नुमा गुनासो पोखेका थिए।

फिल्म ‘बुलबुल’बाट चोपेन्द्रको पात्रबाट आफुलाई स्थापित गराएका मुकुनले थुप्रै फिल्ममा काम गरिसकेका छन्। यस फिल्ममा उनले सहायक भुमिका निवार्ह गरेका थिए। फिल्ममा उनको निकै मेहनत पनि देखिन्छ। तर उनको मेहनतको दर्शकले वास्तै गरेनन्।

Leave A Reply

Your email address will not be published.