काठमाडौं :
सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आएकी छन्। सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।
प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ । गीत सार्वजनिक भएको छोटौ समयमै श्रोता/दर्शकको माया बटुल्न सफल भएको छ। ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ले जस्तै ‘गुन भुल्यौ-२ साइला दाइ’ले पनि सबैको माया पाउनेमा आशावादी रहेको सारिकाले बताईन्। गीतमा आफूले माया गरेको मान्छे, आफूले गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ । भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो पोखेकी छन्।
गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताउनुभएकी सारिकाको यो गीतका टिकटक र रिल्समा पनि निक्कै भिडियो बनिरहेका छन्। गीतको भिडियो सारिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल छिन्।