सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘सतीदेवी’ भयो सेन्सर पास,अब सबै वर्गका दर्शकले हेर्न पाउने

काठमाडौँ :

लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो।

Safal
IVF Post

फिल्मलाई सेन्सर बोर्डमा हेर्ने कलाकर्मी तथा पत्रकारले उत्कृष्ट प्रतिक्रिया दिए । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएपछि निर्माण टिम उत्साहित बनेको छ। यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

सामाजिक कथामा निर्माण भएको फिल्मले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई उठाउन खोजेको छ। बाबुछोरीको कथा समेत देखाएको फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए।

फिल्मले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको छ। २ घण्टा १५ मिनेट लामो फिल्म हेरीसकेपछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनी भावुक बनेको दृश्य देखिन्थ्यो। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी रहेकी छन्। मलिका महत मुख्य भूमिका रहेको फिल्ममा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ। फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले तोकेको छैन।

Leave A Reply

Your email address will not be published.