सुचना, समाचार र मनोरन्जन

फिल्म नचल्दानी भाग्यमानी सौगात : झण्डै आधा दर्जन फिल्ममा अनुबन्ध,समय मिलाउन सकस

काठमाडौं :

फिल्म ‘हात्तीछाप’,‘अगत्स्य’दुवै फिल्मले यस वर्ष अभिनेता सौगात मल्ललाई उठाउन सकेन। बलियो अभिनयका खानी उनका लागि ‘अगत्स्य’केहि हदसम्म राम्रो बन्यो। तर कामको हिसाव हेर्ने हो भने उनी चुपचाप आधा दर्जन जति फिल्ममा अनुबन्ध भइसकेका छन्। आर्ट हाउस र कमर्शियल दुवै धारका फिल्ममा आफ्नो काम देखाईसकेका अभिनेता मल्ललाई यतिबेला सेड्युल मिलाउन र्धौँ धौ पर्ने देखिएको छ।

उनी यतिबेला फिल्म ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका छन्। उनी यो फिल्मको छायांकन सकिनसाथ अर्को फिल्म ‘बलिदान’को छायांकनमा पुग्नेछन्। उनको दौडधुप यतिमा सकिने छैन्। निर्माता तथा निर्देशक सन्तोष सेनको फिल्म ‘बलिदान’पछि उनी लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘कल्ली’मा हुनेछन्।

केहि दिन अघि उनले निर्देशक सुनारकै फिल्म ‘अज्ञात’मा पनि अनुबन्ध भएका छन्। उनी यसमा पनि काम गर्ने तयारीमा छन्।मुस्कान ढकालको ‘पञ्चामृत’ र निर्माता निर्माता सञ्जय न्यौपानेको फिल्म ‘रक्तबीज’मा हुनेछन्। सोही क्रममा उनी निर्देशक सिमोस सुनुवारको फिल्म ‘जन्ते बाख्रो’मा काम गर्दैछन्।

गत वर्ष फुर्सदिला बनेका सौगातको फिल्म यस वर्ष फुर्सद नहुने गरि पुगेका छन्। उनले अझ बिहिबार फिल्म ‘विनोद’मा आफूले काम गर्न लागेको जानकारी दिएका छन्। यो अनुसार अभिनेता मल्लाको अर्को वर्ष अर्थात सन् २०२५ मा उनको मात्रै फिल्म हलमा लाग्ने देखिने सम्भावना बढेको छ।

उनीसँगैका अभिनेता दयाहाङ राई,विपिन कार्कीको तुलानामा उनको फिल्म र उनको माग बढ्दो छ। फरक फरक मुमिका दिन सक्ने सौगातको माग पछिल्लो समय एक्सनमा रुचाउन थालिएको छ। उनी अभिनित केहि फिल्म प्रदर्शनको तयारीमा समेत रहेका छन्। त्यस कारण उनलाई फिल्म असफल हुँदा खासै फरक पारेको देखिदैन।

Leave A Reply

Your email address will not be published.