सुचना, समाचार र मनोरन्जन

दर्पण छायाँ’को जोडी उत्तम र निरुता काठमाडौंमा,एक साथ भारतबाट आउनुको यस्तो छ रहस्य  

काठमाडौं :

नेपाली पुराना दर्शकका लागि अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह नयाँ कलाकार होइन्। उनीहरुले एक दशक अघि अभिनय गरेको फिल्म  ‘दर्पण छायाँ’, ‘लहना’, ‘अजम्बरी माया’, ‘सन्तान’ जस्ता थुप्रै फिल्ममा काम गरेका छन्। यि फिल्ममध्ये फिल्म ‘दर्पण छायाँ’सदावहार बन्यो। त्यो समयमा दर्शकहरुले उनीहरुलाई प्रेमि प्रेमिका नै हुन कि भन्ने समेत गरेका थिए।

Pach Pandav

तर अभिनेता उत्तम नेपाल छोडेर आफ्नै देश भारतको सिक्किम फर्किए भने निरुता मुम्बई। यो बीचमा निरुताले केहि नेपाली फिल्ममा सहायक अभिनेत्रीको भुमिकामा अभिनय गरिसकेकी छन्।उत्तम भने सिक्किममै घर परिवारका साथमा फिल्ममा काम गरिरहेका थिए।

अहिले यो जोडी एकसाथ काठमाडौ आइपुगेका छन्। उनीहरू १२ वर्षपछि एकसाथ पर्दामा काम गर्नका लागि नेपाल आएका हुन्।  उत्तम र निरुताको जोडीलाई लिएर एक निर्देशकले म्यूजिक भिडियोमा अभिनय गराउन लागेका छन्।  म्यूजिक भिडियोमा काम गर्नका लागि मंगलबार काठमाडौं आइपुगेका उनीहरुले ‘यो जुनी यस्तै भो’ गीतको भिडियोमा सहकार्य गर्न लागेको कुरा बाहिरिएको छ। बबी सुब्बा लिम्बूको शब्द रचना र हरि लम्सालको संगीत रहेको यो गीतको भिडियोमा दर्शकले उत्तम र निरुतालाई देख्न पाउने भएका हुन्।

यो गीतलाई केशव भावुकले गाएका यो गीतको छायांकन बिहीबार र शुक्रबार पर्यटकीय क्षेत्र चित्लाङमा हुँदैछ। मिराज अर्यालले निर्देशन गरिरहेको यो गीतको भिडियोमा उत्तम र निरुताको जोडी हुनेछन्। यो भिडियो केहि दिनमा नै दर्शकमाझ आउने निर्देशक अर्यालको भनाई छ। ्निरुता पछिल्लो पटक फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् भने उत्तमको फिल्म ‘इशारा’ हो ।

Leave A Reply

Your email address will not be published.