सुचना, समाचार र मनोरन्जन

दयासँगै ‘रिमै’मा जोडिए सौगात मल्ल

काठमाडौं :

अभिनेता सौगात मल्ल ‘रिमै’मा अनुबन्धित भएका छन्। सौगात अनुबन्ध भएसँगै यो फिल्मको मुख्य लाइनअप पूरा भएको छ। फिल्ममा यस मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्।

Chaka Panja

उनीहरु तीनै जनाले फिल्म ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम गरेका थिए। खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार भएको फिल्ममा दया, रिस्मा, सौगातसँगै विरबल घले प्रमूख भूमिका रहनेछ। उपेन्द्र सुब्बाको पटकथा, निर्देशक गुरुङ्ग र अभिनेता घलेले फिल्मको कथा लेखेका हुन्।

सिनेमा गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सह–निर्माताका रुपमा रहनेछन्। फिल्मको हाल प्रिप्रोडक्सन चलिरहेको निर्माण पक्षले जानकारी दिएको छ। उनीहरुका अनुसार फिल्म ‘रिमै’ फागुनबाट फ्लोरमा जाने छ।

Leave A Reply

Your email address will not be published.