सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगात मल्लको रिसाहा लुक्स

काठमाडौं :

यसवर्षको प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सौगातको लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा प्रस्तुत छन्। उनको लुक्सको अहिले चर्चाको विषय बनेको छ।

उनको मात्र होइन । यस अघि रिलिज भएका यस फिल्मको गीत,पोस्टर, टिजरले नै दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । जसले गर्दा फिल्मको विदेशका विभिन्न देशका शहरमा तीन हप्ता अगाडी नै अग्रीम टिकट बुकिङ समेत खुलिसकेका छन् । केही देशमा खुल्ने तयारी भैरहेको विदेश वितरक सेभेन सिजले जानकारी दिएको छ ।

विदेश वितरक अनुसार सम्भवत यो नै पहिलो नेपाली फिल्म होला जस्को अफिसियल ट्रेलर रिलिज नगर्दै विदेशी बजारमा दर्शकको उच्च माग बढेको छ। त्यसैले तीन हप्ता अगाडी नै अग्रीम टिकट बुकिङ खोल्नु पर्ने अवस्था बन्यो । यही कारण पनि फिल्मले नेपालसँगै विदेशी बजारमा समेत उच्च व्यापार गर्ने पक्का भएको छ ।

Exchange and test

दीपेन्द्र के खनाल निर्देशित फिल्मले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन्। सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.