सुचना, समाचार र मनोरन्जन

सौरभ खतिवडाको ‘बिपनीमा भेटौँ भन्थेँ’ बोलको गीत सार्वजनिक

काठमाडौं :

गायक सौरभ खतिवडाको आवाजमा ‘बिपनीमा भेटौँ भन्थेँ’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ।

Chaka Panja

भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ। गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन्। अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका क्षेत्रमा छायांकन भएको गीतको भिडियो निकै आकर्षित बनेको छ।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका बिभुति बन्जाडेले यहि म्युजिक भिडियोबाट निर्देशनमा हात हालेका हुन्।

Leave A Reply

Your email address will not be published.