सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘सयपत्री फुल मेला–२०८२’ हुँदै

पोखरा,

फूलहरुको पर्वको रुपमा चिनिने तिहार नजिकिदै गर्दा पोखरा १३ मा ‘सयपत्री फुल मेला–२०८२’ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा १३ का स्थानीय कृषकहरूद्वारा उत्पादित सयपत्री फूललाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘सयपत्री फूल मेला गर्न लागिएको हो । आगामी ३ देखि ६ कात्तिकसम्म मेला आयोजना हुने मेला हरेक दिन बिहान ८ बजेदेखि वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ ।

‘हाम्रो माटोको सुगन्ध, हाम्रो श्रमको रङ’ भन्ने नाराका साथ आयोजित यस मेलामा कृषकहरूले आफ्नै हातले उत्पादन गरेका फूलहरूको प्रदर्शनी र बिक्री गर्नेछन् ।

मेलामार्फत स्थानीय उत्पादनको बजार विस्तार र कृषकलाई प्रत्यक्ष आम्दानीको अवसर प्रदान गरिने वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाध्यक्ष बरालका अनुसार मेलाले फूल मात्र होइन, स्थानीय परिश्रमको सम्मान र आफ्नै माटोप्रतिको लगावलाई पनि उजागर गर्नेछ । उनले सबैलाई मेला अवलोकन र खरिदमा सहभागी हुन आग्रह गरेका छन् । ‘फूल किन्ने मात्र होइन, स्थानीय परिश्रमको कदर गर्ने संस्कार पनि फैलाऔँ,’ उनले भने ।

मेला अवधिभर कृषकका विविध स्टल, आकर्षक फूलका डिजाइन र सांस्कृतिक प्रस्तुतिसमेत रहने बताइएको छ । वडाले यसलाई वार्षिक परम्परा बनाउने तयारीसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.