Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वदेशी जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्ने प्रधानमन्त्री शाहकाे प्रतिबद्धता
- बालश्रम न्यूनीकरण परियोजनाको सामाजिक परीक्षण सम्पन्न, रणनीतिक मार्गचित्र बनाउन सुझाव
- पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
- क्रबाजी सिङ्दी तमु समाजको दबदबा, रमेश गुरुङ १० किलोमिटर सडक दौडमा प्रथम
- एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को
- सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य
- यस्तो छ फिफा विश्वकपका विजेताले पाउने ‘च्याम्पियनशिप रिङ’
- साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
- खर्चको लक्ष्य भेट्टाउन सरकारलाई हम्मेहम्मे, १९ खर्ब ६४ अर्बको बजेटमा १५ खर्ब ८२ अर्ब मात्र खर्च
सामूहिक सयपत्री फूलखेतीमा महिला
तनहुँ,
यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् ।
यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिए ।
अध्यक्ष रानाले भने, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेथ्र्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ ।”
समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताए। उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताए । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ । उनीहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भने ।
Prev Post
Next Post