शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।
विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको पुष्टि गरे । ‘बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं,’ ठाकुरले भने ।
केह दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए ।
शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।
यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।
आइतबार यही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।